काठमाडौँ । आजदेखि दशैभरी दसैँ–तिहार तथा छठ पर्व विशेष सुपथ पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकासहित ४३ जिल्लाको आफ्ना ४९ बिक्रीकेन्द्रमार्फत् एकैपटक सुपथ पसल उद्घाटन गरेको हो । काठमाडौँ सहुलियत पसल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरेका हुन् ।
मुख्य चाडपर्व दसैँ–तिहार तथा छठ पर्वको अवसरमा सर्वसाधारण उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न दाल, चामल, नुन तेलसहित आवश्यकीय उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यसहित कम्पनीलेसुपथ मूल्य पसल सञ्चालनमा ल्याएको खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बताए ।
यसको साथै सरकारको अर्को बिक्री केन्द्र साल्ट ट्रेडिङ कर्पोरेशनले समेत आइतबारदेखि नै उपत्यकासहित देशभरका ३५ स्थानमा सुपथ पसल सञ्चालनमा ल्याएको छ । उसले काठमाडौँ उपत्यकाको कालिमाटी, जडिबुटी, कोटेश्वरसहित ८ स्थानमा सुपथ पसल सञ्चालन गरेको छ भने तीन वटा घुम्ती सेवामार्फत् सुपथ पसल सञ्चालन गरिरहेको छ ।
यो हेर्नुहोस् मुल्य तालिका
FACEBOOK COMMENTS