नमस्कार म बिपिन सुवेदी,
अहिले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी यहाँ(इजरायल) आएका विद्यार्थीहरू हौं।
हामी यहाँ पाँच जना छौं। म यो भिडिओ नबनाउने स्थितिमा थिएँ। घरकालाई पीडा हुन्छ, घरकालाई तनाव हुन्छ भनेर तर, घरभन्दा माथि उठेर अहिले हामीलाई देशले केही नगरेको अवस्थामा हामी यो भिडिओ बनाउन विवश छौं।
हामी यहाँ पाँच जना छौं। अहिले देखिरहनुभएको छ- यो बंकर हो। हामी जहाँ बसिरहेका छौं। यो बंकरमा हामी करिब तीन दिन भयो बस्न थालेको। यो बंकरमा हिजो साँझदेखि हामीलाई एम्बेसीले उद्धार गर्छ कि भनेर लुगा लगाएर, लगाएजस्तो गरी बसिरहेका छौं। आश त्यति छ हामीलाई।
अहिले यहाँ बिहानको ८ बजेको छ। बिहान भएर हामीलाई यो बनाउन आँट आइरहेको छ। जब साँझ पर्छ, यो बंकरमाथि पनि मिसाइल खस्दा एकदम दर्दनाक हुन्छ। हामीले १० जना साथी त गुमाइसक्यौं। अझै पनि हामी आफू पनि गुम्छौं कि भन्ने डर छ।
१० जना साथीको चिच्याहट, १० जना साथीले हामीलाई गरेको हारगुहार सबै चिज हामीलाई याद आउँछ। रातभरि निद्रा लाग्दैन। त्यतिमात्रै होइन, बंकरमा बसेकाले बच्छ भनेर नेपाल सरकारले सोचिरहेको होला। हामी आउने ढोका, जो अहिले उज्यालो आइरहेको छ, त्यो ढोका खुला छ। त्यहाँबाट आएर आतंकवादीहरूले हाम्रा साथीहरूलाई जस्तै हामीलाई पनि क्रूरतापूर्वक मार्यो भने? हामी पनि त्यसैगरी मर्ने?
हामीलाई मिटिङ भइरहेको छ यता-त्यता सुनाउनुपर्दैन। मेसेजमा हामीले यसो गरिरहेका छौं भन्न पर्दैन। राज्यले यो गरिराछ त्यो गरिराछ, मिटिङ गर्न छ या जे गर्न छ गर्नुस्, तीन दिन भयो। त्यो पनि त सोचिदिनुस्। हामीलाई केही भएको छैन। तिमीहरूलाई इन्जुरी भएको छैन भनेर मेन्टल सेटले हामी कुन स्टेजमा छौं। राति बस्दाखेरि मेरो सास पुग्दैन, मुटु फुट्न खोज्छ, मुख बन्द हुन्छ, मुख बन्द हुँदा सास नपुगेको जस्तो हुन्छ। कहिलेसम्म हामी यसरी बस्ने?
आज हामीले यो भिडिओ किन बनाएको भन्दा आज दिनभरिमा केही हुन्छ कि भनेर बनाएको हो। आज पनि त्यही रातमा कटाउनुपर्यो भने रातरातले नै लग्ने भयो हामीलाई। साथीहरूलाई पनि लग्यो अब हामीहरूलाई पनि नलगोस्। बिन्ती छ।
FACEBOOK COMMENTS