काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन पनि ओरालो लागेको छ । मार्जिन लेण्डिङको सीमा वृद्धि लगत्तै आइतबार ३५ अंकमाथिले घटेको नेप्से सूचक दोस्रो दिन थप १२ अंकले घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२ दशमलव ५८ अंकले घट्दै १९ सय ८ दशमलव ६६ अंकमा झरेको हो । नेप्से सूचकसँगै आज कारोबार रकम समेत घट्न पुगेको छ । १२ अंकले सूचक घटेको यस दिन १ अर्ब १७ करोड रुपैयाँ बराबरको ४३ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज म्यानु एण्ड प्रो र ट्रेडिङ बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज जीवन बीमा समूहको उपसूचक १ प्रतिशतले घटेको छ भने बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
यता म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक भने आज क्रमश: ० दशमलव ०६ प्रतिशतले र ० दशमलव ४९ प्रतिशतले बढेका छन् । आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ६ दशमलव ८८ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घट्न पुगेको छ ।
FACEBOOK COMMENTS