काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।
गोलाप्रथामार्फत बाँडफाँड भएको कम्पनीको आईपीओमा १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको कम्पनीले जनाएको छ ।
१० लाख ३२ हजार १२४ जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा कुल १० लाख ४७ हजार ४५९ जनाले आवेदन दिएकामा १० लाख ४० हजार ७७० जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ ।
कम्पनीले असोज १४ गतेदेखि १८ गतेसम्म १०० अंकित मूल्यमा १३७ दशमलव ५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७ दशमलव ५८ रुपैयाँ दरले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
यता, कम्पनीका कर्मचारीलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता सेयरमध्ये कर्मचारीले १९ हजार ५०० कित्ताका लागि मात्र आवेदन दिएका थिए । कर्मचारीहरुले खरिद नगरेको ५ लाख ८८ हजार ७८४ कित्ता सेयर समेत थप गरेर कुल १ करोड ३ लाख २१ हजार ३२८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS