काठमाडौं । बेलाको कम्पनीले उपभोक्तालाई ‘दसैंको बहार, उपहार नै उपहार’ नामक योजना ल्याएको छ । हरेक सामान खरिदमा हात खाली नजाने उपहारसँगै एकजना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यस्तै प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ । बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रंगीन बनाउने कम्पनीले दाबी गरेको छ ।
प्रदीप खड्का ब्राण्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिक कित्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत गृह उपकरण नेपाली बजारमा ल्याएको छ ।
FACEBOOK COMMENTS