काठमाडौं । इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ ।
इजरायल प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।
अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ ।
आज बिहान (शुक्रबार) मात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।
इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।
FACEBOOK COMMENTS