काठमाडौँ । दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ को विजेता एलिना ताम्राकार र सजिना सुवाल भए । क्याफे थिमतर्फ एलिना विजेता बन्दा थेसिसतर्फ सजिना विजेता घोषित भएकी हुन् । एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गाना दोस्रो, तिब्रता खड्काले तेस्रो बन्दा पब्लिक च्वाइस अवार्ड निशा खड्काले जितिन् ।
थेसिस तर्फ भने कविता किङज्रिङ मगर दोस्रो, प्रमिता श्रेष्ठले तेस्रो हुँदा दिक्षित खड्काले पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन् । विजेतालाई समापन समारोहमा प्रमुख अतिथि माल्टाका अवैतानिक बाणिज्य दूत तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठठ तथा बरिष्ठ पत्रकार दोय हरिगोपाल श्रेष्ठ र उज्वल जंग शाहले अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरे ।
एक्स्पोमा दुई प्रकारको प्रदर्शनी थियो । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका विद्यार्थीको क्याफे डिजाइन थिम र अर्काे अर्काे ग्राजुयट भएका विद्यार्थीको थेसिस थिम । थेसिस विद्यार्थी कसैको बुटिक, कसैको रिसोर्ट, कसैको अफिस लगायत थिमका डिजाइन तयार गरेको आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले बताइन् ।
FACEBOOK COMMENTS