काठमाडौं । धादिङको विभिन्न ३ ठाउँ केन्द्रबिन्दु बनाएर तीनपटक भुकम्प गएको छ ।
काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङको खरी, सल्यनटार र डाँडागाउँ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
वरिष्ठ भूकम्पविद डा. मुकुन्द भट्टराईका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रविन्दु बनाएर ६.१ , ८ बजेर ८ मिनेटमा धादिङको सल्यनटार केन्द्रविन्दु बनाएर ४.२ र ८ बजेर २८ मिनेटमा धादिङको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
उनले भने, ´ आज बिहान धादिङ केन्द्रविन्दु भएर गएको भुकम्प हाेइन । याे २०७२ सालमा गाेरखा केन्द्रविन्दु बनाएर गएको भुकम्पकाे पराकम्प हाे ।`
भुकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।
भूकम्पले केही घरहरू चरकिएको छ भने कतै पहिरो गई क्षति पुराएको छ ।
FACEBOOK COMMENTS