काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत आवको सोही अवधिमा तुलनामा बैंकको नाफा बढेको छ । गत आवको सोही अवधिमा बैंकले ९० करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसको प्रभाव नाफामा देखिएको छ । गत असोज मसान्तमा २ अर्ब ५ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढेर २ अर्ब २२ करोड ४५ लाख २० हजार रहेको छ । यस्तै सञ्चालन नाफा १ अर्ब २९ करोड २२ लाख १७ हजार रुपैयाँबाट बढेर १ अर्ब ३७ करोड ६० लाख १३ हजार रुपैयाँ रहेको छ ।
२ खर्ब १ अर्ब ७० करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९२ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ८७ करोड रुपैयाँ छ ।
प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ रहेको बैंकको प्रति सेयर नेटवर्थ १५९.६९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.८४ प्रतिशत रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १.९० प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS