काठमाडौं । प्राइम बैंकको नाफा ३१.७३ प्रतिशतले बढेर १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ पुगेको हो ।
गत आवको सोही अवधिमा ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । जसले गर्दा बैंकको नाफा बढ्को छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०१ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ८६ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा ३१.७३ प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४९ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
१९ अर्ब ४९ करोड २५ लाख ७५ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ४७ करोड २० लाख १७ हजार रुपैयाँ रहेको छ । १ खर्ब ९५ अर्ब ९९ करोड ४५ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६४ अर्ब ८९ करोड ३१ लाख ७९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
असोज मसान्तसम्म प्राइम बैंकको खराब कर्जा १.८० प्रतिशतबाट बढेर ३.६७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ०६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS