काठमाडौँ । कैलाश हेलिकप्टर सर्भिसेस कम्पनीले पश्चिम नेपालमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दू बनाएर ६.४ रिक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।
कैलाश हेलिकप्टर सर्भिसेस कम्पनीका अध्यक्ष आशिष् शेरचन र प्रबन्ध संचालक प्रताप जंङ्ग पाण्डेले एक विज्ञप्ति जारी गर्दै भूकम्पपछि भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सरकारले सुरु गरेको राहत कोषमा कम्पनीबाट १० लाख रुपैयाँ जम्मा गर्ने विज्ञप्तिमा भनिएको छ ।