प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख ११ हजार सहयोग
कर्पोरट खबर
8:15 pm, मंगलबार, कात्तिक २१, २०८०
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको छ ।
एसोसिएसनले आज भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम सहयोग गरेको एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
डिएलएले भूकम्पजस्तो दैवी प्रकोपका कारण उत्पन्न भएको उक्त परिस्थितिबाट सयौँको सङ्ख्यामा घाइते भएका नागरिकको तत्काल उद्धार गरी शीघ्र उपचारको व्यवस्था गर्न तथा भौतिक क्षति भई बासस्थानको भएकाका लागि तत्काल बसोबास र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
डिएलएले भूकम्पबाट ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस दुःखद् परिस्थितिमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई मानवीय सेवामा सहयोग गर्न डिएलएले आग्रह गरेको छ ।
भूकम्पपीडितलाई कांग्रेस तनहुँको सहयोग
यसैबीच नेपाली कांग्रेस तनहुँले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न बैठकले भूकम्पपीडितलाई रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
जसअनुसार पार्टीका तर्फबाट रु २५ हजार सहयोग गरिएको छ । त्यस्तै जिल्ला कार्यसमिति र गण्डकी प्रदेश कार्यसमितिका सदस्यबाट रु ३४ हजार सङ्कलन भएको छ । थप राहत सङ्कलनका लागि जिल्ला उपसभापति देवकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । उनले भने, “उक्त समितिले पार्टीका सबै तहबाट सहयोग सङ्कलन गर्नेछ । रु एक लाखभन्दा बढी सङ्कलन गरेर प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ ।”
बैठकले भूकम्पबाट घरबारविहीन भएकालाई आवश्यक राहत तदारुकताका साथ समयमै पु¥याउन र घाइते भएका सबैको उपचार यथाशीघ्र गर्न सङ्घीय एवं प्रदेश सरकारसँग अनुरोध गरेको छ । बैठकले भूकम्पबाट कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्य हुनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
भूकम्पपीडितका लागि आइएसएमटी कलेजको पाँच लाख
यसैगरी जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मृत्यु भएकाको सहयोगार्थ आइएसएमटी कलेजले रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।
यही कात्तिक १७ गते शुक्रबार मध्यरातिमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण मृत्यु भएकाहरुलाई सहयोगार्थ क्याम्पसले रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको आइएसएमटी कलेजका अध्यक्ष योगेश उप्रेतीले जानकारी दिए ।
FACEBOOK COMMENTS