काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ८ दशमलव ४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजी ५५ करोड ५६ लाखको ८ दशमलव ४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार तीन सय ६८ रुपैयाँ नगद लाभांश बाँड्न लागेका हो । अब अर्थ मन्त्रालयले स्वीकृति दिएपछि कम्पनीको साधारणसभाबाट पारित गरेर लाभांश वितरण हुनेछ ।
FACEBOOK COMMENTS