काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा बिक्री दर १४२ रुपैयाँ ४२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ७७ पैसा बिक्री दर १६३ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS