काठमाडौं । सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज साहलाई पदमुक्त गर्न नेकपा एमालेले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारवाही गर्न भनिएको छ ।
एमालेले नगर प्रमुख साहले दल त्याग गरेकाले पद स्वतःरिक्त हुने भनेर निर्वाचन आयोगमा पत्रचार गर्यो । आयोगले गत असोज २९ साह पदमुक्त भएको निर्णय गरेको थियोे । उक्त निर्णयविरूद्द साहले सर्वोच्च अदालत रिट निवेदन दायर गरेका थिए ।
FACEBOOK COMMENTS