तनहुँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मंसिरमा आफूले सरकारको नेतृत्व गर्दा नै मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।
आज शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिले अर्थतन्त्रमा निक्कै सुधार आइसकेको दाबी समेत गरेका छन् ।
‘मैैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । तर, दबाबमुक्त भइसकेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यही मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत बैठक बोलाएको छु । त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ ।’
FACEBOOK COMMENTS