रुकुम । रुकुममा आज दिउँसो भूकम्प गएको छ ।
दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रको सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।
यसअघि, गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS