काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १० दशमलव ५५ प्रतिशत लाभांश दिने निर्णय बैठकले गरेको जनाएको छ ।
यो लाभांशमध्ये ३ दशमलव ७५ प्रतिशत सेयर बोनस र ६ दशमलव ८० प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड रुपैयाँ छ ।
FACEBOOK COMMENTS