काठमाडौं । तिहार र छठ पर्वको विदापछि खुलेको सेयर बजारमा कारोबार पहिलो दिन सामान्य वृद्धि भएको छ ।
आज ( सोमबार ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ दशमलव ३९ अंकले बढेर १८५३ दशमलव ४८ बिन्दुमा पुगेको छ । भने कारोबार रकम १ अर्ब ९ करोड रुपैयाँ नाघेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
FACEBOOK COMMENTS