काठमडौँ । सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाई गर्दै सरकारसँग कारण माग गरेको हो ।
२७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा १० भन्दा बढी रिट परेको थियो । रिट निवेदकले अन्तरिम आदेश जारी गर्न माग गरे पनि सर्वोच्चले भने दिएन। सर्वोच्चले अन्तरिम आदेश जारी नहुनेगरी १५ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको हो।
यो मुद्दालाई मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
FACEBOOK COMMENTS