काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १ः१९ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु काठमाडौ नजिकै भएकाले निकै कडा धक्का महसुस भएको थियो ।
यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS