स्वावलम्बन लघुवित्तले आफ्ना शेयरधनीलाई गर्यो यस्तो उर्दी, सम्पर्कमा नआए के हुन्छ ?काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरूलाई लाभांशपूर्जा र लाभांश रकम बुझ्न आउन सूचना जारी गरेको छ ।
आज शुक्रबार जारी गरेको सूचना अनुसार आर्थिक वर्ष २०६३/०६४ देखि नै कतिपय शेयरधनीले पाँच वर्ष भन्दा पुरानो नगद लाभांश बुझ्न आएका छैनन् । यसरी लाभांश बुझ्न नआएका शेयरधनीले आजको मितिले ३५ दिनभित्र लाभांश संकलन गरिसक्न संस्थाले उर्दी जारी गरेको हो ।
सूचनामा भनिएको छ, ‘वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको आ.व. २०६३/६४, २०६५/६६, २०६६/६७, २०६७/६८, २०६८/६९, २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ को (पाँच वर्षभन्दा पुरानो) नगद लाभांश कतिपय शेयरधनी महानुभावहरुद्धारा हालसम्म पनि बुझिलिन बाँकी रहेकाले उक्त नगद लाभांश रकम भुक्तानी नलिनुभएका शेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो शेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा उल्लेखित आ.व. मा शेयरधनी रहनुभएको तर हाल आफ्नो शेयर विक्रि गरिसकेका तत्कालिन शेयरधनीहरुले आवश्यक कागजातको प्रतिलिपीसहित यस वित्तीय संस्थाको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड कर्मचारी सञ्चय कोष भवन ठमेल (फोन नं. ०१–५३५८३४५) काठमाण्डौंमा कारोबार समयमा सम्पर्क राखी लाभांशपूर्जा/रकम बुझिलिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’
यदि यो अवधिभित्र लाभांश संकलन नगरिए लाभांशवापतको रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले स्पष्ट पारेको छ ।
हेर्नुहोस् आज प्रकाशित सूचना–
FACEBOOK COMMENTS