काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
आज शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।
गत जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए । सजाय मिनाहाविरुद्ध टीकापुर हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।
यो पनि–
सर्वोच्चले सरकारलाई सोध्यो– माइतीघरलाई किन निषेधित क्षेत्र बनाएको ?
FACEBOOK COMMENTS