काठमाडौं । डाबर नेपाल प्रालिले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गरेको छ । डाबर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
डाबर नेपालले जाजरकोट भूकम्पप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले घोषणा गरेको रकम कोषमा जम्मा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरतसिंह बेदी र कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेका छन् ।
FACEBOOK COMMENTS