काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडी जिल्लाको पाटन नगरपालिका–६ स्थित पाटनबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हिजो आइतबारदेखि सञ्चालनमा ल्याइएको शाखा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले एक समारोहबीच उद्घाटन गरे ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५१ पुगेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५१ वटा शाखा, ३६९ वटा एटीएम, २७४ वटा शाखारहित बैंकिङ्ग सेवा, ६६ वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS