काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक २ दशमलव १७ अंकले घटेको छ ।
यो सँगै परिसूचक १ हजार ८९४ दशमलव ५३ विन्दुमा झरेको छ ।
आज मंगलबार ४७ लाख २७ हजार ९०२ कित्ता शेयर ४७ हजार ३३३ पटक खरिदविक्री हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ११ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १३ प्रतिशतले घटेको छ ।
आज १०२ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १२६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत् छ ।
FACEBOOK COMMENTS