काठमाडौं । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीले प्रतिशेयर अंकित रू. १०० मूल्य रहेको १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकरण गराएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष ग्लोबल आइएमई क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (कर्मचारीहरु समेत) मा वितरण गरिएको ३७,०५,००० कित्ता (२०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १,४८,२०,००० कित्ता (८०%) शेयर (धितोपत्र) समेत गरी जम्मा १,८५,२५,००० कित्ता (१००%) साधारण शेयर सूचीकरण गराएको कम्पनीले जनाएको छ ।
सूचीकरण भएको शेयर भोलिदेखि कारोबारमा आउने छ ।
FACEBOOK COMMENTS