काठमाडौं, माघ २७- आक्रमणबाट गम्भीर घाइते भएकी पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको मृत्यु भएको छ ।
सानेपास्थित निवासमा घरेलु कामदारको आक्रमणबाट गम्भीर घाइते मुना कार्कीको स्टार हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो। सचिव कार्कीको घरमा काम गर्दै आएका विशाल चौधरीले उनलाई आक्रमण गरेका आशंका गरिएको छ ।
ललितपुर महानगरपालिका २ सानेपामा रहेको आफ्नै घरमा बिहान मुना घाइते अवस्थामा र उनको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका थिए । चौधरीले मुनालाई आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
कार्कीका एकजना छोरा र दुईजना छोरी रहेका छन् । दुवै छोरी अध्ययानका लागि विदेशमा छन्। १२ वर्षीय छोरा काठमाडौंमै अध्ययनरत छन्।
FACEBOOK COMMENTS