काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजस्व भुक्तानी किस्तामा तिर्ने व्यवस्था मिलाउने सम्भाव्यताबारे छलफल अघि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारण सभामा बोल्दै राजस्व भुक्तानीलाई सहज बनाउने विषयमा सरकारी तहमा छलफल भइरहेको मन्त्री ज्वालाले बताएका हुन् ।
‘ट्याक्स पनि किस्ताबन्दीमा तिर्न सकिन्छ कि भनेर सरकारले छलफल गरेको छ,’ उनले भने, ‘अहिले अर्थतन्त्र संकटमा छ । यसमा थप बहस गरिरहनु पर्दैन ।’ त्यस्तै मन्त्री ज्वालाले निर्माण व्यवसायीकोे अघिल्लो वर्षको भुक्तानी धेरै भइसकेको र केही बाँकी रहेको बताए । त्यो पनि केही दिनमा दिने प्रयासमा सरकार रहेको उनको भनाइ छ ।
व्यवसायीका सुझाव सरकारले सकेसम्म सम्बोधन गर्ने पनि उनले बताए । ‘राष्ट्र बैंकलाई प्रधानमन्त्रीले ब्याजदर घटाउन सकिने उपाय खोजेर व्यवासयीलाई सहज हुने गरी नीतिगत काम गर्न अग्रह गरिसक्नु भएको छ,’ मन्त्री ज्वालाले थपे । यसबाट भावी दिनमा सकरात्मक सन्देश आउन सक्ने उनको भनाई छ ।
FACEBOOK COMMENTS