काठमाडौं । हिमालयन रिइन्स्योेरेन्स कम्पनीले रोजगारीका लागि विदेशका रहेका नेपालीका लागि निष्कासन गरेको सेयरमा आवेदन दिन पाउने आज अन्तिम दिन हो ।
आईपीओमा आवेदनकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले मंसिर ४ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले ३ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको हो । यसपछि सर्वसाधारणमा आईपीओ खुला गर्नेछ ।
आईइपीओमा न्यूनतम १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS