काठमाडौं, माघ २८- मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपीमा नियुक्त गरेको छ । ज्ञवालीको कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा आईजीपी नियुक्त गरेको हो।
प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका हुन ठाकुर । ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।
यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् । २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।हाइटी, पूर्वी टिमोर, कोसोभोलगायत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका विभिन्न मिसनमा बसेर पनि सेवा गरेका ज्ञवाली आईजीपी हुनु अघि प्रदेश १ का प्रहरी प्रमुखका रुपमा कार्यरत थिए।
FACEBOOK COMMENTS