काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तारागाउँ रिजेन्सी होटेलसंग स्पष्टिकरण सोधेको छ।
कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गर्दै कम्पनीलाई स्पष्टिकरण सोधेको हो।
कम्पनीले मंसिर १६ गते (शनिबार) सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
यद्दपि, उक्त निर्णय नेप्सेलाई आइतबार बेलुका ५ः१५ बजे मात्र जानकारी गराएपछि कारवाही गरेको हो । सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।