काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
न्यायाधीश शर्माको इजलासले टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS