काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।
बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने, आ.व. २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा संन्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।
बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
FACEBOOK COMMENTS