पोखरा । पर्यटकीय नगरी पोखरामा हिजोदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला, २०८९ मा साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आफ्नो सहभागिता जनाएको छ ।
उद्यमशीलताको विकाश गर्ने उदेश्यले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा साल्ट ट्रेडिङ कर्पोरेसनले सहभागिता जनाएको हो ।
नेपाली उपभोक्ताको भान्सामा नुन, चिनी, ग्यास र खाद्यान्न समेत सहज र सुपथ मूल्यमा पुर्याउँदै आएको कर्पोरेसनले मेलामा पनि सहभागिता जनाएर आफ्नो सेवा र सुविधाबारे प्रवर्धन गरेको हो । मेलामा थप सुपथ मूल्यमा नुन, चिनी र खाद्यान्नलगायत वस्तु उपलब्ध गराएको जानकारी कर्पोरेसनले दिएको छ ।
हिजो बिहीबारदेखि सुरु भएको ‘समृद्धि स्टिल्स ३२औँ राष्ट्रिय औद्योगिक व्यापार मेला, २०८०’ आगामी पुस १ गतेसम्म चल्ने छ ।
मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीहरुकाे उत्पादनको प्रदर्शन, प्रवद्र्धनका लागि विशेष स्टलको व्यवस्था गरिएको बताउँदै उनले महिला उद्यमशीलता विकासकै लािग मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै स्वरोजगार हुन चाहने महिलाहरुका लागि आवश्यक पर्ने मेसिनरी सामानहरुको प्रदर्शनीको पनि व्यवस्था जानकारी दिए । ती सामानहरु खरिदमा लागत साझेदारी तथा बजारीकरणमा सघाउने व्यवस्था मिलाइएको पनि उनले बताए ।
FACEBOOK COMMENTS