काठमाडौं । साविकको सुरीखोला हाइड्रोपावर र मकर जितुमाया हाइड्रोपावर मिलेर बनेको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण सभाको मिति तोकेको छ ।
हिजो आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को १५औँ वार्षिक साधारण सभा आगामी पुस २३ गते गते निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १ गते धेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ ।
साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने तथा प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन वा नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवम् परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिने भएको छ ।
यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन पेश हुने, लेखापरीक्षकको प्रतिवेदनसहितको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आर्थिक वर्ष २०७९/८० सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारणलगायत विषयमा पनि साधारण सभाले छलफल गर्नेछ ।
FACEBOOK COMMENTS