काठमाण्डौं, १ फागुन – नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको सल्लाह बमोजिम राष्टिय ध्वजाबाहक विमान उडाउने सबै क्रु सदस्य तयार रहेको पाइएको छ । मङ्गलबार एक अनलाइनमा प्रकाशित समाचारका अनुसार केही क्रु सदस्यहरुले चीन गएर नेपाली नागरिकको उद्दार गर्न तत्पर नरहेको समाचार संप्रेषण गरेको थियो । स्रोतका अनुसार सरकारी सेवा र व्यबसायिक आचार संहिता बमोजिम पनि कुनै क्रु सदस्यले आफू निस्चित ठाउँमा जान इच्छुक छैन भन्न मिल्ने कुरा होइन । यद्यपी विमान वा मौसममा खराबीका कारण उडान रोक्न सक्ने अधिकार पाइलटलाई सुरक्षित रहेको हुन्छ ।
निगमकै कर्मचारीहरु भने कोरोना भाइरसद्धारा आक्रान्त भर्इरहेका नेपाली नागरिक माझ नेवानिको साँख घटाउन अफवाह फैलाउन केही तत्वहरु सलवलाइरहेको प्रष्ट देखिएको बताएका छन् । नेवानिका केहि कर्मचारीहरुले यस्तो अफवाहबाट कोहि पनि नेपाली नागरिक भ्रमित हुन नहुने भन्दै कुनै प्रकारको भ्रमबाट दिग्भ्रमित नहुन अनुरोध समेत गरेका छन् । ‘हामी राज्य र नागरिकको सेवा दिनकै लागि भनेर सरकारी संस्थानमा आएका हौं, नागरिकको पिडामा साथ दिनु हाम्रो कर्तव्य पनि हो, त्यसैले हामी उद्धारमा खटिन हरप्रहर तत्पर छौं र हुनुपर्छ ।’ उनीहरुको एउटै भनाई छ ।
स्मरण रहोस्, यस अघि पनि नेपाल बायुसेवा निगमका पाइलटले नाकाबन्दीको बेला इन्धन र बिदेशमा अलपत्र अवस्थामा रहेका धेरै नेपालीको सकुशल उद्दार गरेको ईतिहास सर्वबिद्दितै छ । जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी भएको पनि स्रोतको दाबी छ।
FACEBOOK COMMENTS