काठमाण्डौं – खानी तथा भूगर्भ विभागले वर्तमान स्थिति र भविष्यमा चाल्नुपर्ने रणनीति सहितको श्वेतपत्र जारी गर्ने तयारी गरेको छ।
विभागले हालसम्मका प्रगतिका आधारमा आगामी कार्यदिशासहित श्वेतपत्रको मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको छ।
मन्त्रालयले स्वीकृत गरेपछि श्वेतपत्र जारी गर्ने तयारीमा रहेको विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी दिए।
उनले आगामी कार्यदिशासहितको श्वेतपत्र तयार भएको जानकारी दिए।
सरकारले यही साताभित्र भूविज्ञान तथा खनिज सम्पदा विकासको अवधारणा, वर्तमान अवस्था तथा भावी कार्यदिशा (श्वेतपत्र) जारी गर्न लागेको विभागका अधिकारीले जनाएका छन्।
संघीयता कार्यान्वयनपछि खानीजन्य उद्योगमा देखापरेका चुनौती तथा खानी खोजतलास, अन्वेषण, उत्खनन् तथा उद्योग सञ्चालनका मुद्दाका साथै विभागले अबका दिनमा लिने नीति स्पष्ट पार्न श्वेतपत्र जारी गर्न लागिएको हो।
– अन्नपूर्ण
FACEBOOK COMMENTS