काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको साधारण शेयर (आईपीओ)मा शनिबार साँझ ५ बजेसम्म ११ लाख ५६ हजार ४३४ जनाले आवेदन दिएका छन् ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म ११ लाख ५६ हजार ४३४ जना आवेदकबाट २ करोड ८ लाख ९५ हजार ७६० कित्ताका लागि आवेदन परेको छ ।
सो आवेदनबाट कम्पनीले चार अर्ब ३० करोड ४५ लाख २६ हजार ५६० रुपैयाँ सङ्कलन गरेको छ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनीले यही मंसिर २७ गतेदेखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता साधार शेयर सर्वसाधारणका लागि विक्री खुला गरिरहेको छ ।
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुअल फन्डलाई बाँडफाँड गरेर सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।
कम्पनीको आईपीओमा भोलि आइतबारसम्म आवेदन दिन पाइने छ ।
FACEBOOK COMMENTS