काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) तोकिएको समय अवधिभित्रै सबै बिक्री भएको छ ।
आज आइतबार साँझ ५ बजेसम्म १४ लाख ६० हजार ११७ जनाको आवेदनबाट कम्पनीको सबै आईपीओ बिक्री भएको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार हालसम्म १४ लाख ६० हजार ११७ जना आवेदकबाट २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन परेको छ । जबकी कम्पनीले बिक्री खुला गरेको शेयर संख्या २ करोड ४९ लाख कित्ता मात्रै छ ।
आज साँझसम्म आवेदन दिएकाहरूबाट कम्पनीले कम्पनीले पाँच अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ सङ्कलन गरेको छ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनीले यही मंसिर २७ गतेदेखि पुस १ गतेसम्म २ करोड ४९ लाख कित्ता साधार शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको थियो । तर, कम्पनीले आज एक सूचना निकालेर आगामी ११ गतेसम्म आवेदन दिन पाइने उल्लेख गरेको छ ।
कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुअल फन्डलाई बाँडफाँड गरेर सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो ।
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म दिन पाइन्छ ?
FACEBOOK COMMENTS