काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नो काम गर्नुपर्ने बताएका हुन् ।
अन्तर सरकारबीच समन्वय नभएको विषयलाई कोट्याउँदै उनले सरकारले जिम्मेवारी अनुसार काम गर्नपर्ने बताए ।
ज्वालाले भने, ‘अहिले उपत्यका खाल्डाखुल्डीमुक्त रहेको छ । भौतिक मन्त्रालयअन्तर्गत रहेको सडकमा खाल्डो छैन, कहिले खानेपानी, कहिले विद्युतले खाल्डो बनाउने समस्या रहेको छ ।
उनले काठमाडौं उपत्यकाको मुख्य मुख्य सडक खाल्डो मुक्त रहेको भने पनि अधिकांश सडकको अवस्था दयनीय नै छ । तर कुनै कुनै स्थानको सडकमा भने टालटुल गरेको देखिन्छ ।
FACEBOOK COMMENTS