काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से परिसूचकमा उत्साहजनक वृद्धि आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ४५ दशमलव ९८ अङ्क अर्थात् २ दशमलव २३ प्रतिशतले बढेर नेप्से परिसूचक दुई हजार १०६ दशमलव ४८ विन्दुमा उक्लिएको छ ।
यस दिन ३१३ धितोपत्रको एक करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ९९ हजार ६४१ पटक कारोबार हुँदा पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार ३०५ धितोपत्रको १४ लाख ९७ हजार ६१९ कित्ता शेयर एक लाख १३ हजार ६९३ पटक कारोबार हुँदा रू. ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोले हाइड्रो, र सोनापुर मिनरल्स को शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS