काठमाडौं । चार महिनामा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख ६० हजार रुपैयाँ नाफा कमाएका छन् ।
कात्तिक मसान्तसम्म २० बैंकले उक्त रकम नाफा कमाएका हुन् । २० बैंकमा कृषि विकास बैंक भने नोक्सानमा रहेको छ । कृषि विकास बैंक कात्तिक मसान्तसम्ममा २७ करोड ८८ लाख ४० हजार रुपैयाँ नोक्सानमा रहेको छ । बाँकी १९ बैंक नाफामा रहेका छन् ।
कात्तिक मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले २ अर्ब १६ करोड ९६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले १ अर्ब ९४ करोड ६९ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड ६८ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्र बैंककाअनुसार प्राइम बैंकले १ अर्ब ५३ करोड ४४ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख २० हजार रुपैयाँ, एनआईसी एशिया बैंकले १ अर्ब ३७ करोड ७६ लाख ६० हजार, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख ६० हजार, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख ४० हजार, एभरेष्ट बैंकले १ अर्ब ८ करोड, प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता स्टयान्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । कुमारी बैंकले ८८ करोड ८० लाख ९० हजार, सानिमा बैंकले ७७ करोड ७८ लाख ३० हजार, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख २० हजार, नेपाल बैंकले ६६ करोड ८१ लाख ६० हजार, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।
सिटिजन्स बैंकले ५८ करोड २४ लाख २० हजार, लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख ९० हजार, सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ ।
FACEBOOK COMMENTS