काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै कम्पनीले आगामी साधारण सभाका लागि बुक क्लोज गरिसकेका छन् ।
निफ्राले साधारण सभाका लागि भोली शुक्रबार बुक क्लोजको मिति तय गरेको छ । यता चिलिमे जलविद्युत कम्पनीले आइतबार बुक क्लोज गर्ने भएको छ । दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन आजसम्म सेयरधनी बन्नुपर्छ । निफ्राले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ ।
यस्तै, चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद रहेको छ । पुस २० गते वार्षिक साधारणसभा बोलाएको छ ।
FACEBOOK COMMENTS