काठमाडौं । पोखरा फाइनान्सले लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।
कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । फाइनान्सले आर्थिक वर्ष २०७८–७९ मा भने ४ प्रतिशत बोनस सेयर र ० दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS