काठमाडौं । इन्फिनिटी लघुवित्तले लाभांश लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश प्रस्ताव बिना गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।
FACEBOOK COMMENTS