काठमाडौं । डाबर नेपालले इजी हेल्थ फाउन्डेसन (ईएचसीएफ) लाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले बर्न इन्जुरीजको रोकथाम र उपचारका लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई) लाई समर्थन गर्ने सो संस्थालाई सहयोग गरिएको जनाइएको छ ।
डाबर नेपालकी अध्यक्ष एवम् एमडी ईश्वरी राणा, बिजनेस हेड हरकिरत बेदीले ईएचसीएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिने र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने कम्पनीको विश्वास छ ।
FACEBOOK COMMENTS