काठमाडौँ । नेपाल एयरलाइन्सले ५ वटा जहाज बिक्रीमा राखेको छ।
एयरलाइन्सले घाटामा रहेका ५ चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको हो । चीनबाट ल्याएर सञ्चालन सुरु गरेदेखि अर्बौं रुपैयाँको घाटा भएपछि बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
एयरलाइन्सले २ वटा एमए–६० जहाज र ३ वटा वाई–१२ ई विमान बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । आज आह्वान गरिएको बोलपत्रमा आवेदन दिने अन्तिम मिति २०२४ को फेब्रुअरी ४ सम्म छ ।
‘इच्छुक कम्पनीहरुलाई जहाज किन्न आवश्यक डकुमेन्टसहित आवेदन खुलाएको छ,’ एयरलायन्सले भनेको छ, ‘कूल ५ जहाजको बिक्री अक्सनमार्फत हुनेछ ।’ यस्तै, आएका सम्पूर्ण आवेदनलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने अधिकार एयरलाइन्ससँगै रहेको समेत बताइएको छ ।
चिनियाँ जहाज ल्याएपछि निगमलाई ५ जहाजले कूल १ अर्ब ९० करोडभन्दा धेरै घाटा दिइसकेको छ ।
FACEBOOK COMMENTS