काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ३२ दशमलव ७७ अङ्क अर्थात् १ दशमलव ५३ प्रतिशतले घटेर नेप्से परिसूचक दुई हजार १०९ दशमलव १० विन्दुमा झरेको छ ।
यस दिन ३०४ धितोपत्रको एक करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर एक लाख ११ हजार ९८० पटक कारोबार हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६ सय ४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धवलागिरी लघुवित्त, बीपीडब्ल्यू लघुवित्त, चिरख्वा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, भिजन लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रो, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन हाइड्रो र मिड सोलु हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा ९ दशमलव २७ देखि ९ दशमलव ९९ प्रतिशतसम्मले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS