काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा साढे २ दशकभन्दा लामो अनुभव बटुलेका प्रमुख कार्यकारी अधिकृत कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन्छन् ।
FACEBOOK COMMENTS